तुलसीपुर, २७ असार ।
बिग एजुकेशन कन्सलटेन्सीको पाँचौ शाखा तुलसीपुरमा विस्तार भएको छ । काठमाण्डौको बानेश्वरमा मुख्य कार्यालय रहेको एजुकेशनले दाङमा पाँचौ शाखा विस्तार गरेको हो । कन्सलटेन्सीले यसअघि पोखरा, कञ्चनपुर, नुवाकोट शाखा विस्तार गरिसकेको जनाएको छ ।
अध्ययनका लागि विद्यार्थीहरू विदेश जाने क्रम बढ्दै गएको अवस्थामा सहि सल्लाह र जानकारी नपाउँदा विभिन्न समस्या भइरहेकोमा दाङको तुलसीपुरमा शाखा विस्तार गरेको बिग एजुकेशन काठमान्डौका सिईओ सुरज केसीले बताउनुभयो ।
विद्यार्थीको अवस्था अध्ययन गरेर जुन ठाँउमा जाँदा ठिक हुन्छ, सोहि देशमा अध्ययनका लागि पठाउने गरिएकाले विद्यार्थीको आकर्षण बढेको सिईओ केसीले बताउनुभयो ।
शाखा मार्फत जापान,कोरीया,अमेरीका,बेलायत,न्युजिल्यान्ड, अष्ट्रेलिया तथा युरोपका विभिन्न देशमा अध्ययनका लागि जान सकिने शाखा प्रमुख निशा पौडेलले बताउनुभयो ।
छात्रवृत्तिमा समेत विद्यार्थीलाई अध्ययनका लागि पठाउने गरिएको उहाँले बताउनुभयो । तर विदेशमा अध्ययन गरेर नेपालमै फर्किने वातावरण निर्माणका लागि बिग एजुकेशनको भूमिका प्रमुख हुने उहाँले बताउनुभयो ।
शाखाको बिहिबार तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसी र तुलसीपुर उपमहानगरपालिका-६ का अध्यक्ष वर्षात भण्डारीले संयुक्तरूपमा उद्घाटन गर्नुभएको हो ।
वडा अध्यक्ष भण्डारीले पूणर् रूपमा जानकारी नभई बाह्य मुलुकमा अध्ययनका लागि जाँदा विद्यार्थीले धेरै दुःख पाएको जनगुनासो आउने गरेकाले जानू अघि पाउने सल्लाह सुझावलाई सत्यतथ्य रूपमा प्रबाह गर्ने वडाभित्र शैक्षिक व्यवसाय सुरू गरेकोमा खुशी व्यक्त गर्नुभयो ।
तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष केसीले नेपाली विद्यार्थी अध्ययनशिल र अनुशासित हुने बताउनुभयो । उहाँले अहिलेको युग विश्व भाषाको युग रहेकाले केही कन्सलटेन्सीले सहि कुरा सिकाउन नसक्दा समस्या आम विद्यार्थीले समस्या भोग्नुपरेकोमा बिग एजुकेशनको दाङको यात्रा सुखद रहने अपेक्षा गर्नुभयो ।
एजुकेशन तुलसीपुरका प्रबन्ध निर्देशक ललित पाण्डेको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजिकरण शाखा प्रमुख निशा पौडेलले गर्नुभएको हो ।