२०८१ फाल्गुन ७ गते बुधवार

दाङमा च्याउ टिप्न गएकाे बेला भालुले आक्रमण गर्दा एक महिला गम्भीर घाईते


दाङ, २७ असार । दाङमा भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन् । लमही नगरपालिका- ६ स्थित कर्री सामुदायिक वन क्षेत्रमा जंगली च्याउ टिप्ने क्रममा भालुको आक्रमणबाट देउपुरका ४६ वर्षीय सहरी घर्ती गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

बिहान करिब साढे पाँच बजे जंगली च्याउ टिप्ने क्रममा उहाँलाई भालुले आक्रमण गरेको नेपाल सशस्त्र प्रहरी ४१ नंम्बर रिजर्भ गण अर्जुन खोलाका प्रहरी नायव निरिक्षक प्रकाश ढकालले जानकारी दिनुभयो । उहाँको अनुहारमा गम्भीर चोट लागेको छ भने दुवै हात भाँचिएको छ ।

घाइते घर्तीलाई लमही अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि बुटवल लगिएको छ प्रहरीले जनाएको छ ।

घर्ती चार/पाँच जनाको समुहमा च्याउ टिप्न जंगल जानुभएको थियो । उहाँका दुई जना साथीलाई भालुको नंग्रा लागेको भएपनि भाग्न सफल भएको सशस्त्र प्रहरी नायव निरिक्षक ढकालले बताउनुभयो ।

घाइते घर्तीलाई लमही अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि बुटवल लगिएको छ प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ असार २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस