२०८३ भाद्र १८ गते बिहिवार

हिमालका विद्यार्थीमा मानवताको सेवा जागृत, गरे रक्तदान

दाङ, २४ असार । हिमाल एकाडेमी तुलसीपुरमा रक्तदान कार्यक्रम गरिएको छ । स्टुडेन्ट क्वालिटी सर्कल हिमाल एकाडेमीले गरेको खुल्ला रक्तदान कार्यक्रममा ३१ जनाले रक्तदान गरेका छन् ।

रगतको अभाव भइरहेको बेला सामाजिक उत्तर्दायित्व अन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरिएको सर्कलले जनाएको छ ।

रेडक्रस रक्तसन्चार केन्द्र तुलसीपुर दाङको प्राबिधिक सहयोगमा रक्तदान कार्यक्रम भएको हो ।

कार्यक्रममा विद्यालयका हेड सर नवीन कुमार पराजुलिले विद्यार्थीहरुमा मानबताको सेवा जागृत हुनु निकै सकारात्मक कुरा भएको बताउनुभयो ।

उहाँले आगामी दिनमा पनि संस्थागतरुपमा रक्तदान कार्यक्रमले निरन्तरता पाउन सके बिरामीले रगतको अभाव झेल्नु नपर्ने बताउनुभयो । विद्यालयका प्रधानाध्यापक मधुसुदन केसीले विद्यार्थीको रचनात्मक तथा सिर्जनात्मक काममा विद्यालय सदैब लागिरहेको बताउनुभयो ।

उहाँले विद्यार्थीमा पठन पाठन संगै सामाजिक उत्तर दायित्व पनि बहन गर्नुपर्ने भावनाको विकास भएको बताउनुभयो ।

सर्कल अध्यक्ष अन्जली शाहकोे अध्यक्षता तथा कोर्डिनेटर विशेष श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको हो । कार्यक्रमको सहजीकरण शिक्षक भिमलाल मरासीनीले गर्नु भएको हो ।

प्रकाशित मिति : २०८१ असार २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस