२०८३ भाद्र १८ गते बिहिवार

पहिरोमा मोटरसाइकल फसेपछि दुध बिक्रि गर्न पाएनन् डिल बहादुरले


दाङ, २३ असार । तुलसीपुर-१९ छिल्लीकोटका डिल बहादुर खड्काले तुलसीपुर बजारमा दैनिक दुध बिक्रि गर्नुहुन्छ । अन्य दिन झैँ आइतबार बिहान पनि उहाँ दुध बिक्रिका लागि तुलसीपुर हिड्नुभयो । मोटरसाइकलमा दुधका क्यान राखेर घरबाट हिडेका खड्का बिचबाटोमै रोकिनुपर्‍यो ।

छिल्लीकोट-तुलसीपुर सडक खण्ड अन्तर्गत मालिका मन्दिरको गेट नजिकै केहि दिन अघि खनेको सडकमा पहिरो खसेका कारण पनि मोटरसाइकल पहिरोमै फस्यो । ‘सडकको पहिरो हटाइदिनुस् भनेर ठेकेदारलाई धेरै अनुरोध गरेँ, तर ठेकेदारले अटेरी गरे ।’ उहाँले भन्नुभयो-‘जसका कारण मैले आइतबार दुध बिक्रि पाएन ।’

मोटरसाइकल समेत पहिरोमा फसेपछि समस्यामा परेको उहाँले बताउनुभयो । ‘किसानलाई केहि गरौँ भन्ने वातावरण छैन् ।’ उहाँले भन्नुभयो-‘दुध बिक्रि गर्न जाने त सडकको अवस्था बिग्रदा समस्या भोग्नुपर्‍यो ।’ उहाँले शनिबार जसोतसो मोटरसाइकल निकाले पनि आइतबार बिहान मोटरसाइकल नै निकाल्न नसकिएको बताउनुभयो ।

प्रकाशित मिति : २०८१ असार २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस