२०८३ भाद्र १८ गते बिहिवार

आज पनि दिनभरी नै भारी वर्षा हुने

दाङ, २३ असार । मनसुन देशभर एकसाथ सक्रिय हुँदा शुक्रबारदेखि झमझम पानी परेको छ । विषेशगरी लुम्बिनी, गण्डकी र बागमती प्रदेशका धेरै ठाउँमा भीषण वर्षा भएको छ । यसबाहेकका अन्य प्रदेशका केही ठाउँमा पनि भीषण वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार २४ घन्टामा सबैभन्दा बढी वर्षा पाल्पाको कुमालगाउँमा ३९० मिलिमिटर मापन भएको छ, यो घनघोर वर्षा हो । विभागको तथ्यांकअनुसार पाल्पाको गण्डाकोटमा ३०५, स्याङ्जामा ३०२, दाङको लमहीमा २६७, प्युठानमा २६३ मिलिमिटर वर्षा मापन भएको छ ।

शुक्रबारदेखिको झरी आइतबारसम्म कायमै रहने भएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् चिरञ्जीवी भेटवालका अनुसार आइतबार देशका धेरै ठाउँमा मेघ गर्जन चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुनेछ । तर, पश्चिम नेपाल त्यसमा पनि सुदूरपश्चिमा धेरै वर्षाको सम्भावना छ ।

त्यसबाहेक गण्डकी, लुम्बिनी र कर्णालीका केही ठाउँमा अति भारी वर्षाको चेतावनी दिइएको छ । कोशी, बागमतीका र मधेशका एक–दुई स्थानमा पनि भारी वर्षा हुने देखिएको छ ।

प्रकाशित मिति : २०८१ असार २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस