२०८१ फाल्गुन ३ गते शनिवार

दाङमा २१४ मिलिमिटर वर्षा, खतराको तहभन्दा माथि


दाङ, २२ असार । दाङमा अत्याधिक वर्षा भएको छ । जिल्ला प्रशासन कार्यालय दाङका अनुसार बिहिबार देखि शनिबार(आज) बिहानसम्म २१४ मिलिमिटर वर्षा भएको छ । दाङ जिल्लामा वर्षाको मापन खतराको स्तरभन्दा माथि पुगेको छ । १०० मिमि भन्दा बढीलाई खतरा मानिन्छ।

प्रशासनले सार्वजनिक गरेको विवरण अनुसार दाङमा सबैभन्दा बढी घोराही क्षेत्रमा वर्षा भएको छ । घोराहीमा २१४ मिलिमिटर पानी परेको छ । यस्तै लमहीमा १८१.८ मिलिमिटर,लालमटियामा १४९.४ मिलिमिटर,शुक्रबारेमा १४५.० मिलिमिटर,गंगदिमा ११६.४ मिलिमिटर,कोइलावासमा ६५.२ मिलिलिटर,देउखुरीको बगासोतीमा ५१.६ मिलिमिटर, अम्बापुर १९.० मिलिमिटर र राटामाटामा १०.६ मिलिमिटर वर्षा भएको छ ।

प्रकाशित मिति : २०८१ असार २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस