२०८१ मङ्सिर २२ गते शनिवार

दाङसहित देशका अधिकांश स्थानमा मनसुनी वर्षा, सतर्कता अपनाउन सबैमा अनुरोध


दाङ, २२ असार । दाङसहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानको उत्तरमा अवस्थित रहेका कारण देशका धेरै स्थानमा भारी वर्षा भइरहेको छ ।

अहिले देशभर साधारणदेखि पूर्णतया बदली छ । बागमती, गण्डकी, लुम्बिनीलगायत सबै प्रदेशमा साधारणदेखि मध्यम वर्षा भइरहेको छ । केही स्थानमा भने भारी वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहने छ । सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा अति भारी वर्षाको सम्भावना छ ।

राति पनि देशभर साधारणतयादेखि पूर्णतया बदली रहनेछ । कोशी र मधेस प्रदेशका केही तथा बाँकी प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

निरन्तरको वर्षाका कारण दाङको बबई , राप्ती नदि तथा खोलाहरुमा पानीको बहाव बढेको छ । खोला तथा नदिमा पानीको बहाव बढ्दै जोखिमबाट जोगिन सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०८१ असार २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस