२०८३ भाद्र १८ गते बिहिवार

दाङमा चना घाँटीमा अड्किएर बालकको मृत्यु


दाङ, १९ असार । दाङमा चना खाने क्रममा घाँटीमा अड्किएर एक बालकको मृत्यु भएको छ ।

बुधबार साँझ ५ बजेतिर तुलसीपुर उपमहानगरपालिका- ९ बेलुवा बस्ने रुपा घर्तीका तीन वर्षीय छोरा राजेन्द्र घर्तीको मृत्यु भएको हो ।

विद्यालयबाट घर आई घरमै पकाएको चना खाँदै गर्दा घाँटिमा अड्किएर मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले बताउनुभयो ।

प्रकाशित मिति : २०८१ असार १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस