२०८१ फाल्गुन ७ गते बुधवार

सल्यानमा बहुला कुकुरले टोक्दा प्रहरीसहित पाँच जना घाइते

सल्यान, १८ असार । सल्यााका बहुला कुकुरले टोक्दा पाँच जना घाइते भएका छन् । हिजो (सोमबार) खलंगा र श्रीनगरका विभिन्न स्थानमा बहुला कुकुरले टोक्दा पाँच जना घाइते भएको प्रहरलिे जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी तथा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक भवानी प्रसाद धमलाका अनुसार बहुला कुकुरको टोकाईबाट प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना इकाई कार्यालयका कार्यालय प्रमुख भीम पाण्डे, इलाका प्रहरी कार्यालय श्रनिगरमा कार्यरत हवल्दार भीमबहादुर खडका, शारदा नगरपालिका-१ पटनेरीकी कमला खडका, धर्मा खडका र बलबहादुर हमाल घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय सितलपार्टीमा कार्यरत हवल्दार खडकालाई डिउटीमा रहेको बेला, परियोजना ईकाई प्रमुख पाण्डेलाई मोटरसाईकलमा सवार गर्दा र अन्य स्थानीयलाई फरक फरक स्थानमा बहुला कुकुरले टोकेको प्रहरीले जनाएको छ ।

उहाँका अनुसार घाइते भएका सबै जिल्ला अस्पताल सल्यानमा उपचारपछि घर फर्किएका छन् । बहुला कुकुरले अन्यलाई पनि टोकेको पाइएको छ । मान्छेलाई जथाभावी टोक्ने बहुला कुकुरलाई प्रहरी, शारदा नगरपालिकाको पशु शाखा र स्थानीयले नियन्त्रणमा लिएर मारेको उहाँको भनाइ छ ।

प्रकाशित मिति : २०८१ असार १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस