२०८३ भाद्र १८ गते बिहिवार

लायन्स क्लव अफ दाङ क्यापिटलद्वारा अमृतपुर खानेपानी कार्यालय परिसरमा वृक्षरोपन

तुलसीपुर, १७ असार । अमृतपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यालय परिसरमा वृक्षारोपण गरिएको छ । लायन्स क्लव अफ दाङ क्यापिटलको आयोजनामा वृक्षरोपन गरिएको हो ।

वातावरणीय सन्तुलन बिग्रिन नदिन तथा स्वच्छ वातावरणमा बनाउने उदेश्यले उक्त परिसरमा वृक्षरोपण गरिएको हो । मानब र वृक्ष बीचको सम्बन्ध प्रगाढ रहेको र बाँचुन्जेल अक्सिजन प्राप्त गर्नको लागि पनि रुख बिरुवाको आवश्यक पर्ने भएकोले पनि बिरुवा रोपिएको क्लबका अध्यक्ष दीपक केसीले बताउनुभयो ।

विभिन्न प्रजातिका बिरुवाहरु सितलचिनी, जामुना, मसला, बकाइनो, चिउरी, विजयसाल, टीक, जामुना, धुपी लगायत ४ दर्जन बढी बिरुवाहरू रोपिएको छ । रोपिएको बिरुवाहरुलाई संरक्षण गर्न क्लवले निरन्तरता दिने सचिव प्रकाश भुसालले बताउनुभयो ।

कार्यक्रममा कार्यालय प्रमुख शुसिल काफ्ल,े बन डिभिजन कार्यालयका तुलसीराम काफ्ले लगायतकाले वृक्षरोपणले सामाजिक, आर्थिक र वातावरणीय फाइदाहरु पुर्याउने बताउनुभयो ।

क्लवले वातावरण, स्वास्थ्य, प्राकृतिक प्रकोप, राहत उद्धार तथा विभिन्न खालका सामाजिक कार्यहरू गर्दै आईरहेको संस्थाका उपाध्यक्ष भीम ओलीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८१ असार १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस