२०८१ असोज १८ गते शुक्रवार

अपांग समाज सुधार केन्द्रलाई नेपाल टेलिकमको सहयोग

दाङ, १६ असार । नेपाल टेलिकमले अपांग समाज सुधार केन्द्र तुलसीपुरलाई करिब ५० हजारको खाद्यान्न तथा लत्ता कपडा सहयोग सहयोग गरेको छ । टेलिकमले सामाजिक उत्तरदायित्व अन्तर्गत आइतबार केन्द्रको कार्यालय तुलसीपुर–६ मा सहयोग सामग्रि हस्तान्तरण गरेको हो ।

नेपाल टेलिकम तुलसीपुर शाखा प्रमुख सन्तोष शर्मा अधिकारीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा सामग्रि हस्तारण गरिएको हो ।

त्यस अवसरमा नगरप्रमुख खड्काले टेलिकमले समाजप्रति खेलको भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले अपांग समाज सुधार केन्द्रलाई सबैको सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो ।

टेलिकम तुलसीपुर शाखा प्रमुख सन्तोष शर्माले नेपाल टेलिकमले सामाजिक उत्तरदायित्व अन्तर्गत अपांग समाज सुधार केन्द्रलाई करिब ५० हजारको सामग्रि हस्तारन्तरण गरिएको बताउनुभयो ।

उहाँले टेलिकमले हरेक वर्ष सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न समयमा सहयोग गर्ने गरेको बताउनुभयो । कार्यक्रमको सहजीकरण नेपाल टेलिकम प्रादेशिक कार्यालय भैरहवाका सहायक प्रशासकिय अधिकृत सीता सुवेदीले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८१ असार १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस