२०८१ मङ्सिर २३ गते आइतवार

खेतमा काम गरिरहेकी भूमीसराको चट्याङले लागेर मृत्यु

दाङ, १५ असार । दाङमा चट्याङमा परेर एक जनाको मृत्यु भएको छ । राजपुर गाउँपालिका वडा नम्बर २ मटेरीया निवासी ३९ वर्षीया भुमिसरा बुढामगरको चट्याङले लागेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिनुभयो ।

शुक्रबार बेलुका आफ्नै खेतमा काम गरिरहेको अवस्थामा चट्याङमा परेर उहाँको मृत्यु भएको हो । उपचारको लागि लमही अस्पताल लगिए पनि चिकित्सकले राती नै मृत घोषणा गरेका थिए । शवलाई लमही अस्पतालमा राखिएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८१ असार १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस