२०८१ फाल्गुन ६ गते मङ्गलवार

लुम्बिनीसहित तीन प्रदेशमा आज र भोलि भारी वर्षाको सम्भावना


दाङ, १५ असार । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज र भोलि मनसुनी वर्षाको उच्च जोखिम रहेकाले सावधानी अपनाउन अनुरोध गरेको छ ।

महाशाखाले शुक्रबार बुलेटिन निकालेर लुम्बिनी, बागमती र गण्डकी प्रदेशका विभिन्न जिल्लामा आज र भोलि आवश्यक सतर्कता अपनाउन आग्रह गरेको हो ।

विभिन्न जिल्लामा मनसुनी वर्षाको उच्च जोखिम, मध्यम जोखिम र जोखिम एवं साना नदीहरुमा बाढीको उच्च र मध्यम जोखिम रहेकाले सोही अनुसार सावधानी अपनाउन एवं पूर्वतयारीमा जुट्न सम्बन्धित निकायलाई अनुरोध गरेको छ ।

विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनीका नवलपरासी पश्चिम, रुपन्देही, पाल्पा, गुल्मी, अर्घाखाँची, प्यूठान, दाङ, कपिलवस्तु र बाँकेमा उच्च जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

यस्तै चितवन, मकवानपुर र सिन्धुपाल्चोक र गण्डकी प्रदेशका नवलपरासी पूर्व, पर्वत,तनहुँ र स्याङ्जा चार जिल्लाका साना नदीहरुमा बाढी जोखिम रहेकाले सतर्कता अपनाउन भनिएको छ ।

प्रकाशित मिति : २०८१ असार १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस