२०८१ फाल्गुन ७ गते बुधवार

लागूऔषध दुव्र्यसन न्यूनिकरणका सचेतना अभियान तिब्र

दाङ, १४ असार । लागूऔषध दुव्र्यसन न्यूनिकरणका सचेतना अभियान तिब्र बनेको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ हाडिमेमा रहेको नयाँ पाइला पुन स्थापना केन्द्रले वस्ती-वस्तीमा लागूऔषध विरुद्धको सचेतना प्रदान गर्ने अभियान तिब्र बनाएको हो ।

केन्द्रले शुक्रबार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ दमारगाउँमा रहेको सरस्वती माविमा अध्ययनरत विद्यार्थीलाई लागूऔषध विरुद्धको सचेतना प्रदान गरेको कार्यकारी निर्देशक सुरेश भुषालले जानकारी दिनुभयो ।

दुव्र्यसन मुक्त समाज निर्माणका लागि सचेतना अभियान निरन्तर चलिरहेको उहाँले बताउनुभयो । विद्यालयमा अध्ययनरत १ सय जना भन्दा बढी विद्यार्थीलाई लागूऔषध दुव्र्यसनका व्यक्तिगत र सामाजिक असरका बारेमा सचेतना प्रदान गरिएको हो ।

केन्द्रका उपाध्यक्ष तथा मनोपराशर्म विद शैलेश शर्माले साथीभाईको लहलहै र परिवारको निगरानी कम हुँदा बालबालिका लागूपदार्थ दुव्र्यसनमा फस्ने गरेको बताउनुभयो । उहाँले लागूपदार्थले स्वास्थ्यसंगै प्रतिष्ठानमा समेत हानी गर्ने मात्र नभएर जीवन ववार्द बनाउने बताउनुभयो ।

लागूपदार्थ दुव्र्यसनमा फसेका कतिपय युवालाई पहिलैकै अवस्थामा फर्किन निकै समय लाग्ने गरेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०८१ असार १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस