सल्यान, १४ असार ।
सव डिभिजन वन कार्यालय कपुरकोटले राष्ट्रिय बृक्षारोपण दिवसको मनाएको छ । ‘भावि सन्तति र समृद्धिका लागि बृक्षारोपण’ भन्ने मूल नाराका साथ राष्ट्रिय बृक्षारोपन दिवस मनाईएको हो ।
वनस्पति अनुसन्धान केन्द्र सल्यान र वन कार्यालय सल्यानको आयोजनामा वृक्षारोपन गरिएको हो । कपुरकोट सब डिभिजन कार्यालयको परिसरमा कपुर लगायत विभिन्न प्रजातिका बिरुवा रापेर दिवस मनाएको छ ।
सो अवसरमा कपुरकोट गाउँपलिका अध्यक्ष दुर्गा बहादुर पुन, प्रमुख प्रसाशकिय अधिकृत भरत कुमार वली, वनस्पति अनुसन्धानका डा. मित्रलाल पाठक, सव डिभिजन कपुरकोटका अन्जना शर्मा, स्थानीयहरूको सहभागी रहेको थियोे ।
प्रकाशित मिति : २०८१ असार १४ गते शुक्रवार



