२०८१ फाल्गुन ६ गते मङ्गलवार

दाङमा सर्पको टोकाईबाट एक जनाको मृत्यु


दाङ, ११ असार । दाङमा सर्पको टोकाईबाट एक जनाको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार सर्पको टोकाईबाट तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ बासँगढी ५५ वर्षिय पारु चौधरीको मृत्यु भएको हो ।

उहाँलाई मंगलबार दिउँसो आफ्नै बारीमा घाँस काट्ने क्रममा नाम नखुलेको बिषालु सर्पले वाँया हातमा टोकेको हो । सर्पको टोकाईबाट घाईते चौधरीलाई उपचारका लागि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही लगिएकोमा डाक्टरले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८१ असार १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस