दाङ, ११ असार । मानव सेवा आश्रमलाई ३० हजार सहयोग गरिएको छ । शितल एकेडेमी तुलसीपुर र सोहि एकेडेमीमा अध्ययनरत विद्यार्थीले ३० हजार सहयोग गरेका हुन् ।
एकेडेमीले सामाजिक उत्तरदायित्व अन्तर्गत १६ हजार र विद्यार्थीहरूले आफ्नो खाजा खर्च कटाएर १४ हजार गरी ३० हजार तुलसीपुर-६ गाईडहरस्थित मानव सेवा आश्रमलाई सहयोग गरिएको हो ।
एकेडेमीका संचालक उमेश प्रसाद जोशीले आश्रमका लागि थोरै भएपनि इट्टा थप्नका लागि संस्था र विद्यार्थीले सहयोग गरेको बताउनुभयो । उहाँले आश्रमलाई सहयोग गर्नु एकेडेमीको सामाजिक उत्तरदायित्व पनि रहेको बताउनुभयो ।
विद्यार्थीले खाजा खर्च कटाएर सहयोग गर्नुले समाज सेवामा अग्रसर हुन सिकाएको उहाँको भनाई छ । कोहि नहुनेको सहारा बनिको मानव सेवा आश्रमलाई सबैले सक्दो सहयोग गर्नुपर्ने भन्दै आफुहरुले पनि सहयोग गरेको बताउनुभयो ।
प्रकाशित मिति : २०८१ असार १२ गते मङ्गलवार