२०८३ भाद्र १९ गते शुक्रवार

प्लाष्टीकको बाँटामा डुबेर तुलसीपुरका एक बालकको मृत्यु

तुलसीपुर, १० असार । दाङको तुलसीपुरमा पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर ४ गहतेरा निवानी बिना पुनको आठ महिनाको छोरा सल्लिम पुन रहेको ईलाका प्रहरी कार्यलय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार आफ्नै घरको आगनमा खेल्ने क्रममा सोमबार (आज) दिउँसो साढे १ बजेको समयमा पानी भएको प्लास्टिकको ठुलो बाँटामा डुबेर मृत्यु भएको हो । पानीमा डुबेर बेहोस भएका बालकलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पुर्‍याउँदा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ असार १० गते सोमवार
प्रतिक्रिया दिनुहोस