तुलसीपुर, १० असार । तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा पर्यावरणलाई विशेष जोड दिएको छ । सडक छेउ, खोला, बगर, मसानघाटमा लगाइएका वर पीपलका रुखहरु मासिँदै जाने थालेपछि नीतिमै समावेश गरेर ‘जहाँ वर पिपल त्यहाँ शीतल’ कार्यक्रम सुरु गर्ने भएको हो ।
नगर प्रमुख टीकाराम खड्काले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै एक हजार वर पिपलका बिरुवा रोपणका साथै प्रत्येक वडामा रहेका वर, पिपल लगायतका रुखहरुमा जहाँ छहारी त्यहाँ चौतारी कार्यक्रममार्फत् समुदायको सहभागितामा चौतारी निर्माण गरिने बताउनुभयो ।
नगरप्रमुख खड्काले मुहान संरक्षण, एक वडा एक पानी पोखरी निमाणर् गरिने बताउनुभयो ।
प्रकाशित मिति : २०८१ असार १० गते सोमवार


