दाङ, ८ असार । अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा तुलसीपुर -६ स्थित डिभाइन टेम्पल एकेडमीमा योग सम्बन्धि कार्यक्रम गरिएको छ । दिवसको अवसरमा योग नृत्य, योगको चर्चा एवम् विद्यार्थी शिक्षकहरुले सामुहिक रूपमा योग समेत गरेका छन् ।
त्यस अवसरमा योग एवम् वास्तु विज्ञ माधवा शर्मा पोख्रेलले योगले शारिरिक एवं मानसिक स्वास्थ्यमा पुर्याउने फाइदाका बारेमा चर्चा गर्दै विद्यार्थी एवम् शिक्षकहरुलाई योग सिकाउनुभयो ।
यसैगरी विद्यार्थीहरुले योग नृत्य समेत प्रदर्शन गरेका थिए । योगको बारेमा विद्यार्थीहरु समेतले योग मानव स्वास्थ्यका लागि योग अनिवार्यजस्तै भएको बताएका छन् । शिक्षक प्रकाश भट्टराईले योगको विषय र समसामयिक कुरा राख्दै कविता बाचन गर्नु भएको हो ।
कार्यक्रममा विद्यार्थीले योग झल्काउने चित्रहरु बनाएका थिए । कार्यक्रममा कक्षा ६ का विद्यार्थीहरुले आफ्नो प्रस्तुति प्रदर्शन गरेका थिए । विद्यार्थीहरु सागर अधिकारी, हर्षिका बोहरा, रेसु केसी, सम्भव गौतम लगायतले योगको चर्चा गरेका थिए ।
कार्यक्रममा प्रेरक व्यक्तित्व डिल्ली संगीत बस्नेत, पत्रकार आशिष केसी लगायतले योगको आवश्यकता र महत्वको बारेमा धारणा राख्नुभयो ।
दिप प्रज्वलन र स्वस्ती वाचन गरेर सुरुवात गरिएको कार्यक्रममा पछिल्लो समयमा डिभाईन टेम्पल एकेडमीले आफ्नो मौलिक कला, सँस्कृती र परम्परागत शैली अनुसरण गर्दै कार्यक्रम गर्ने गरेको एकेडमीका एकेडेमिक संयोजक जीवन लामिछानेले बताउनुभयो ।
एकेडमीका सस्थापक प्रीन्सिपल भोजराज न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रमको सहजीकरण एकेडमीका भाइस प्रीन्सिपल महेश लामिछानेले गर्नुभएको हो ।