२०८१ फाल्गुन ७ गते बुधवार

हाइभोल्टेजका कारण तुलसीपुरका ३१ घरका विद्युतिय सामग्रीमा क्षति

दाङ, ८ असार ।
हाइभोल्टेजका कारण तुलसीपुरका ३१ घरका विद्युतिय सामग्रीमा क्षति पुगेको छ । हिजो राति १२ बजेतिर विद्युतको हाइभोल्टेजका कारण ३१ जनाको घरमा क्षति भएको प्रहरीले जनाएको छ । तुलसीपुर-१२ टरिगैं पुकारपसल देखि रझेना गाँउसम्म ३१ घरका व्यक्तिहरुको घरमा विभिन्न सामान जलेर क्षति भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

क्षति भएका व्यक्तिहरुमा विसर्जन साहु मगर, मनिराम चौधरी, श्रीमाया छन्त्याल, बसन्त घिमिरे, हरीकला बस्नेत, नारायण जिसी, देवा बस्नेत, सालिकराम भट्टराइ, जिवन घर्ती, नवराज वस्नेत, पुणर् बहादुर खत्री, ठाकुर डिसी, हरी वली, सौर्य खत्री, नबिन केसी, लक्ष्मण चौधरीको घरमा गरी १९ थान सिलिङ फ्यान, ३ थान मिटर बक्स, ७ थान स्विच बोर्ड, २० वटा वल्व, ४ थान स्विच बोर्ड, ७ थान पानी मोटर, ६० मिटर कालो सर्बिसीङ तार र १ थान फ्रिजमा क्षति पुगेको प्रहरी निरिक्षक थापाले जानकारी दिनुभयो ।

यस्तै सन्तोष केसी, प्रबिन केसी, रामकुमार खत्री, जित बहादुर बस्नेत, डिल्लीराज भण्डारी, तिलक केसी, हर्ष बहादुर डाँगी, राम बहादुर बस्नेत, मान बहादुर वली,कृष्ण भण्डारी, भुप बहादुर गौतम, बिमला घर्ती, कुल बहादुर खत्री, आशा चौधरी र हरियाली कृषी समुह रजेनामा गरी २४ थान सिलिङ फ्यान, १४ थान स्विच बोर्ड, ४ थान मिटर बक्स, ४ थान वाईरिङ बोर्ड, १ थान वाईरिङ तार, १२२ थान बल्ब, १ थान फ्रिजको स्टीप्लाईजर, ४ थान फ्रीज, १ थान मेन स्विज, ५० मिटर सर्भिसिङ तार, १ थान युरोगार्ड, ६ थान मोटरमा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ असार ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस