२०८१ मङ्सिर २२ गते शनिवार

विज्ञान समाज तुलसीपुरकाे आयाेजनामा हाजिरी जवाफ प्रतियोगिता, आइडियल बोर्डिङ स्कुल प्रथम

तुलसीपुर,७ असार । तुलसीपुरमा अन्तरविद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ। आज (शुक्रबार)विज्ञान शिक्षक समाज नेपाल तुलसीपुर नगर समितिको आयोजनामा प्रतियोगिता भएको हाे।

प्रतियोगितामा आइडियल बोर्डिङ स्कुल प्रथम भएको छ। यस्तै अमर बोर्डिङ स्कुल द्वितीय, मेरीगोल्ड बोर्डिङ स्कुल तृतीय र राप्ती बाल एकाडेमी सान्त्वना भएको छ।


प्रथम, द्वितीय,तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने विद्यालयहरूलाई क्रमश पाँच हजार,तीन हजार,दुई हजार, पाँच सय र प्रमाणपत्र सहित सम्मान गरिएकाे हाे ।

हाजिरी जवाफ प्रतियोगितामा संस्थागत तर्फ २४ र सामुदायिकतर्फ १९ गरि तुलसीपुरका ४३ विद्यालयहरूकाे सहभागिता रहेकाे थियाे। दुई चरणमा भएको पहिलो खेलमा उत्कृष्ट १० विद्यालयहरू मात्र दाेस्राे चरणकाे छनाैटमा परेका थिए ।

विज्ञान समाज तुलसीपुर नगर समितिको आयोजना, दाङभ्याली मावि तुलसीपुरको प्रायोजन एवम् शिक्षा युवा तथा खेलकुद महाशाखा तुलसीपुरकाे समन्वयमा कार्यक्रम गरिएकाे हाे। यसअघि सञ्चालन गरिएका कार्यक्रममध्य प्रतियोगितामा अहिलेसम्मकै सबैभन्दा धेरै विद्यालयले सहभागीता जनाएकाे विज्ञान समाज तुलसीपुर नगर समितिका अध्यक्ष रुपेश गुप्ताले दाबी गर्नुभयो

समाजका तुलसीपुर अध्यक्ष रुपेश गुप्ताको अध्यक्षता तथा शिक्षा महाशाखा प्रमुख चक्रबहादुर भण्डारीको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको हो। कार्यक्रममा प्रमुख अतिथ भणडारीले विद्यार्थीकाे वाैद्धिक परिक्षणका लागि यस्तो कार्यक्रमले सहयाेग पुर्याउने बताउनुभयाे ।

कार्यक्रममा समाजका लुम्बिनी प्रदेश सदस्य मानबहादुर बस्नेत, दाङ जिल्ला सचिव तिलक साहु, पूर्व सचिव गिरिराज लम्साल, सल्लाहकार विष्णु भण्डारी, थानेश्वर आचार्य लगायतले विद्यार्थीहरूको क्षमता विकासका लागि समयसमयमा प्रतियोगिताहरू सञ्चालन गर्नुपर्ने बताएका थिए । समाजका उपाध्यक्ष नारायण बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण तुलसिपुर नगर सचिव दिपक वलीले गर्नुभएकाे थियाे ।

प्रकाशित मिति : २०८१ असार ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस