
दाङ, ६ असार । दाङमा गएराति आएको हावाहुरीले विद्यालयको छाना उडाएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. २ स्थित भद्रकाली प्रावि कुइरेपानीको टिनको छाना उडाएको हो ।
विद्यालयको छाना उडाउँदा पठन-पाठन प्रभावित भएको छ । गएराति दुई कोठे भवनको छाना उडाएको विद्यालयका प्रधानाध्यापक दोणर् देवकोटाले बताउनुभयो ।
उहाँका अनुसार छाना उठाउँदा कक्षा ४ लाई अर्कै कक्षामा राखेर पठन-पाठन थालिएको छ । बिहान अलिकति मर्मत गरिएपनि जोखिम त कायमै रहेको उहाँले बताउनुभयो ।
दुई कोठे भवनका जस्ता हावाले उडाएपछि कक्षा ४ लाई बढि प्रभाबित बनाएको छ कक्षा ५ सम्म सञ्चालित उक्त विद्यालयमा ५० जना विद्यार्थी छन् ।
त्यस्तै हावाहुरीले तुलसीपुर ८ स्थित मावि अस्वाराको ८ कोठे भवनको भर्याङ्मा लगाएको जस्तापाता पनि उठाएको छ । ठाउँ-ठाउँमा रुख सडक समेत अबरुद्ध पारेको छ ।
बुधबार राति १० बजेदेखि आएको हावाहुरी तथा बर्षाले गर्दा दाङमा गर्मीले गर्दा विदा भएका विद्यालय बिहीबार आजदेखि खुलेका छन् । गर्मीका कारणले प्रभावित भएको जनजीवन पनि सहज भएको छ ।