२०८३ भाद्र १८ गते बिहिवार

दाङमा सामान्य वर्षापछि शितलता महशुस

दाङ, ६ असार । दाङमा गएराती सामान्य वर्षा भएको छ । लामो समयदेखिको खडेरीमा वर्षा भएपछि शितलता महशुस गरिएको छ । दाङको अधिकतम तापक्रम ३४ डिग्री सेल्सीयस रहने अनुमान गरिएको छ ।

गएराती सामान्य वर्षा भएपनि मनसुन सक्रिय भने अझै भएको छैन् । पर्सी शनिबारदेखि मात्रै मनसुन सक्रिय हुने मौसमविदको भनाई छ । शनिबार पछि मात्रै दाङ र रुपन्देहीमा भारी बर्षाको संभावना देखिएको छ ।

जल तथा मौसम बिज्ञान बिभाग भैरहवाका प्रमुख बरिष्ठ मौसम बिद बरुण पौडेलले दाङ र रुपेन्देहीमा शनिबार पछि आइतबार वा सोमबारसम्म बर्षाको संभावना रहेको बताउनुभयो । तर, लुम्बिनी प्रदेशकै बाँकेमा भने त्यसपछि मात्रै बर्षाको संभावना रहेको जानकारी दिनुभयो ।

बाँके र सुदुरपश्चिमको धनगडीमा केही दिन पछि मात्रै बर्षा हुने देखिएको पौडेलले बताउनुभयो । पूर्वी नेपालमा भित्रिएको मौसम कमजोर हुँदा त्यो पश्चिम पुग्न ढिलाइ हुनु तथा वायूमण्डलमा आद्रदा बढी हुनु जस्ता कारणले पश्चिम नेपालका तराइका जिल्लाहरुमा यो बर्ष लामो समय गर्मी भएको तथा तातो हावा चलेको पौडेलले बताउनुभयो ।

प्रकाशित मिति : २०८१ असार ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस