२०८१ मङ्सिर २३ गते आइतवार

सप्तखोली भिरबाट लडेर एक महिला घाइते

दाङ, ५ असार । दाङमा भिरबाट लडेर एक महिला गम्भिर घाइते भएकी छन् ।

घास काट्ने क्रममा भिरबाट लडेर बबई गाउँपालिका-५ हापुरेका ४२ वर्षीया डिला रोका घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

आज बुधबार दिउँसो सप्तखोली भिरमा घाँस काट्न गएको बेला एक्कासी भिरबाट लडेर घाइते भएको थापाले बताउनुभयो ।

प्रहरीका अनुसार घाइतेको मुख, हातमा चोट लागेको र एउटा औलासमेत चुडिएको छ । घाइते रोकाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ असार ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस