२०८१ मङ्सिर २३ गते आइतवार

सगरमाथाका बालबालिकाले सहयोग गरे शैक्षिक सामग्रि


दाङ, ३० जेठ । सगरमाथा बालबाटिका इंग्लीस बोर्डिङ स्कुलमा अध्ययनरत बालबालिकाले शैक्षिक सामग्रि सहयोग गरेका छन् । तुलसीपुर–९ बेलुवामा रहेको विद्यालयमा अध्ययनरत्त बालबालिकाले तुलसीपुर–६ डुम्रीगाउँमा रहेको दिदीघर बाल संरक्षण गृहका बालबालिकालाई कापी , कलम लगायतका शैक्षिक सामग्रि सहयोग गरेका हुन् ।

विद्यालयमा कक्षा ४ र ६ मा अध्ययनरत्त बालबालिकाले शैक्षिक सामग्रि सहयोग गरेको विद्यालयका कार्यक्रम संयोजक शरद शर्मा मज्गैँयाले जानकारी दिनुभयो । बालबालिकाले विश्व बालश्रम विरुद्धको दिवसको अवसर पारेर बुधबार दिदीघर बाल संरक्षण गृहका संचालक स्यानी चौधरीलाई शैक्षिक सामग्रि हस्तान्तरण गरेको संयोजक शर्माले बताउनुभयो ।

विद्यार्थीले नास्ता खर्च कटाएर जम्मा गरेको र र जरिवाना वाफतको रकमबाट बालबालिकालाई शैक्षिक सामग्रि सहयोग गरेको उहाँको भनाई छ । दिवसको अवसरमा सबै बालबालिकामा सहयोगी भावनाको विकास गराउन पनि दिदीघरका बालबालिकालाई शैक्षिक सामग्रि सहयोग गरिएको संयोजक शर्माले बताउनुभयो ।

प्रकाशित मिति : २०८१ जेष्ठ ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस