दाङ, २७ जेठ । राप्ती प्रादेशिक अस्पतालको क्यान्टिनमा नास्ता खाने क्रममा मानिसको नङ फेला परेको छ । तुलसीपुर-१७ निवासी बविता रानाले चाउमिन खानेक्रममा मानिसको पालिस लगाएको नङ फेला परेको हो ।
बिरामी भएपछि अस्पताल आउनुभएकी उहाँले भोक लागेपछि क्यान्टीनमा चाउमिन खाने बेलामा मानिसको नङ फेला परेको हो ।
संग रहनुभएका उहाँका श्रीमान बम बहादुर बस्नेतले प्रादेशिक अस्पतालमा चेकजाँचका लागि गएको अवस्थामा नास्ता खानका लागी सो पसलमा पुग्दा चाउमिनमा नङ भेटिएको बताउनुभयो ।
चाउमिनमा नङ फेला परेपछि साथमा गएका ४ जनाले खादै गरेको चाउमिन छोडेर पैसा पनि नदिएर फिर्ता भएको उहाँको भनाई छ ।
क्यान्टिन संचालक शुसिल वलीले चाउमिन उद्योगबाटै यस्तो त्रुटी भएको हुन सक्ने बताउनुभयो । ‘त्यस्तो पालिस लगाएको व्यक्ति कोहि पनि छैन् ।’ उहाँले भन्नुभयो-‘उद्योगबाटै आएको हुनुपर्छ ।’
प्रकाशित मिति : २०८१ जेष्ठ २७ गते आइतवार