२०८१ फाल्गुन ७ गते बुधवार

दाङमा अटो र बस ठोक्किए, एक जनाको अवस्था गम्भिर


दाङ, २६ जेठ । दाङमा अटो र बस ठोक्किदा पाँच जना घाईते भएका छन् । तुलसीपुरबाट सल्यान जाँदै गरेको रा १ ख २०३७ नम्बरको बसले तुलसीपुर-७ शान्तिपार्क चौकमा रा १ ह २२०७ नम्बरको अटोलाई ठक्कर दिदाँ अटोमा सवार ५ जना घाइते भएका हुन् ।

घाइतेहरुलाई उद्दार गरि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

घाइते हुनेमा तुलसीपुर- ५ का २९ वर्षीय अटो चालक अंकित गुप्ता, सल्यान कुमाख गाँउपालिका ५ का २६ वर्षका रिता बोहोरा, उहाँको छोरा ६ वर्षका केशव बोहोरा, सोही ठाँउका १८ वर्षीया कमला बुढाथोकी र १६ वर्षका छविलाल बुढाथोकी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

घाइतेमध्ये चार जनाको अवस्था मध्ययम रहेको र १६ वर्षका छविलाल गम्भिर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८१ जेष्ठ २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस