२०८२ बैशाख ३१ गते बुधवार

भोलिदेखि तुलसीपुरका विद्यालय संचालनमा आउने


तुलसीपुर, २० जेठ । तुलसीपुरका विद्यालय भोलिदेखि संचालनमा आउने भएका छन् ।

तुलसीपुर उपमहानगरपालिका शिक्षा समितिको आज बसेको बैठकले भोलिदेखि विद्यालयमा नियमित पठनपाठन संचालन गर्ने निणर्य गरेको नगरका सामाजिक विकास समितिको संयोजक मानबहादुुर रावतले बताउनुभयो ।

गर्मी अत्याधिक बढेपछि तुलसीपुर उपमहानगरपालिकाले जेठ १८ गतेदेखि विद्यालय बन्द गर्ने निणर्य गरेको थियो ।

जेठ २२ गतेसम्म विद्यालय बन्द गर्ने निणर्य भएपनि शनिबार साँझ पानी परेपछि शितलता भएकाले भोलि जेठ २१ गतेदेखि विद्यालय संचालनमा आउने संयोजक रावतले बताउनुभयो ।

प्रकाशित मिति : २०८१ जेष्ठ २० गते आइतवार
प्रतिक्रिया दिनुहोस