दाङ, १७ जेठ । अत्यधिक गर्मी बढेपछि तुलसीपुर उपमहानगरपालिकाका विद्यालय पाँच दिन बन्द हुने भएका छन् । उपमहानगरपालिकाले नगरका विद्यालय पाँच दिन बन्द गर्ने निणर्य गरेको छ ।
पालिकामा रहेका सामुदायिक तथा संस्थागत विद्यालय १८ गतेदेखि २२ गतेसम्म बन्द हुने शिक्षा महाशाखाका प्रमुख चक्र भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार जेठ २३ गतेदेखि नियमित पठनपाठन संचालन हुनेछ ।
प्रकाशित मिति : २०८१ जेष्ठ १७ गते बिहिवार


