दाङ, ११ जेठ । घोराहीमा रहेको गुरुकुल एकेडेमी विद्यार्थीहरुले चोक-चोकमा बसेर ब्यापार गरेका छन् । विद्यालयको प्रयोगात्मक सिकाई अन्र्तगत उनीहरुले घोराहीबजारका विभिन्न चोकमा बसेर मकै, पानीपुरी, खरबुजा, लस्सी लगायतका खानेकुराहरु राखी त्यसको बिक्रिवितरण गरेका हुन् ।
गुरुकुल कक्षा ११ को ब्यबस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरु प्रयोगात्मक क्रियाकलापममा सहभागी भएका थिए । विद्यार्थीहरुले आफैले सामग्रीहरु खरिद गरि विक्रि गरेका थिए । विक्रिवितरणबाट आएको मुनाफा सामाजिक कार्यमा लगाउने विद्यार्थी विनिता थापाले बताउनुभयो ।
विद्यार्थीहरुले प्रयोगात्मक सिकाईका लागि बनाएका खानेकुराहरु उत्कृष्ट रहेको ग्राहक नेव बहादुर केसीले बताउनुभयो । विद्यालयले पाठ्यक्रममा मात्र नभई यस्ताखाले सिकाइमा पनि विद्यार्थीहरुलाई सहभागी बनाउँदै लैजानुपर्ने विद्यालयका अभिभावक किरण रेग्मीले बताउनुभयो ।
पढाईसंगै विद्यार्थीहरुलाई थप ज्ञान दिने उदेश्यले अतिरिक्त क्रियाकलाप अन्र्तगत उनीहरुलाई व्यापारमा लगाएको विद्यालयका प्लस टु विज्ञान संयोजक अवय शाहले बताउनुभयो ।
विद्यालयका अध्यक्ष ई. अनन्तराज घिमिरेले यस्ताखाले गतिविधिलाई आगामी दिनहरुमा पनि निरन्तर सञ्चालन गर्दै लैजाने बताउनुभयो । विद्यालयका शिक्षकहरु विबेक देबकोटा , भुगोल कवर मगर , अजय शाह , राजन अधिकारी लगायत बिद्यालयका प्रधानाध्यापक डा. कृष्णराज डिसि लगायतले विद्यार्थीहरुको व्यापारशैलीका बारेमा अवलोकन गर्नुभएको हो ।


