तुलसीपुर, २९ बैशाख । नेपाल निवृत्त राष्ट्रसेवक समाज तुलसीपुरको साधारणसभा तथा जिल्ला कार्यालय उद्घाटन कार्यक्रम भएको छ ।
समाजका अध्यक्ष निमकान्त ढकालको अध्यक्षता तथा नेपाल निवृत्त राष्ट्रसेबक समाजका केन्द्रीय अध्यक्ष चतुरमान डाँगीकोे प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
प्रमुख अतिथी डाँगीले राष्ट्रलाई जवानी सुम्पिएका निवृत्त राष्ट्रसेवकका मागलाई प्रधानमन्त्री समक्ष माग पेश गरिएको बताउनुभयो । आफु निवृत्त राष्ट्र सेवकका हकहितका पक्षमा निरन्तर लागिरहेको उहाँको भनाई छ
कार्यक्रममा सहभागी बक्ताहरुले निवृत्त राष्ट्रसेवकहरुको अनुभव तथा समय राज्यले सदुपयोग गर्नुपर्ने बताएका थिए । वृद्ध अवस्थामा पुगेका राष्ट्रसेवकहरुका लागि स्वास्थ सेवा सुविधा हुनुपर्ने माग गरेका हुन् ।
कार्यक्रममा दाङ साहित्य तथा सस्कृती प्रतिष्ठानका अध्यक्ष डिल्ली राज गौतम ,निवृत्त शिक्षक नबराज रजौरे, केन्द्रीय उपाध्यक्ष शंकर प्रसाद गौतम, केन्द्रीय सचिव हर्ष बहादुर डाँगी, केन्द्रीय सदस्य बेदिराम भण्डारी, शेषमणी रिजाल, खुमानन्द अधिकारी, शिक्षक समाजका सचिव कृष्ण बहादुर केसी, शालिकराम रजौरे, प्रदेश अध्यक्ष भक्त बहादुर थापा क्षेत्री लगाएतकाले बोल्नुभएको हो ।
समाजका सचिव जगत कुमार वलीले संगठनिक प्रतिबेदन तथा कोषाध्यक्ष गगन कुमार गौतमले आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो ।
समाजका उपाध्यक्ष धुर्ब गौतमको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा धन्यवाद ज्ञापन समाजका सल्लाहाकार इश्वरी प्रसाद गैरेले गर्नुभएको हो ।


