दाङ, १९ बैशाख । तुलसीपुरमा रहेको महेन्द्र माविका किशोरीलाई आत्मरक्षा तालिम दिन शुरु गरिएको छ । विद्यालयले किशोरीलाई आत्मरक्षा तालिम दिन थालेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिराज लहरे (अरुण) ले जानकारी दिनुभयो ।
विद्यालयमा अध्ययनरत्त विभिन्न उमेरका किशोरीलाई दुई महिनासम्म तालिम प्रदान गरिने उहाँले बताउनुभयो । विद्यालयले मंगलबार (हिजो) आत्मरक्षा सम्बन्धि तालिमबारे अभिमूखीकरण समेत गरेको हो ।
सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुरका प्रमुख बेगम केसीको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिराज लहरे (अरुण)को प्रमुख आतिथ्यता एवं विद्यालयका प्रधानाध्यापक जीतबहादुर केसीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।
त्यस अवसरमा प्रमुख अतिथि लहरेले किशोरीलाई आत्मरक्षा तालिमले आत्मसुरक्षा गराउने बताउनुभयो । कार्यक्रमको सहजीकरण पोखर केसीले गर्नुभयो ।