२०८१ मङ्सिर २३ गते आइतवार

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि आफन्तद्वारा राप्ती राजमार्ग अवरुद्ध

रुकुम पश्चिम, १८ बैशाख । रुकुम पश्चिममा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका-४ खाराका ४५ वर्षीय जयबहादुर गिरी रहेको प्रहरीले जनाएको छ ।

त्रिवेणी गाउँपालिका-४ सिम्रुतु भन्ने स्थानमा मंगलबार बिहान रा १ ख ३२१७ नम्बरको मिनी ट्रकले रा ६ प ८५५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठका अनुसार ट्रकको ठक्करबाट गिरीको घटनास्थलमै मृत्यु भएको हो ।

ट्रक चालक सल्यानको छत्रेश्वरी गाउँपालिका -७ निवासी २९ वर्षीय लक्ष्मण खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैबिच मृतकका आफन्तले अहिले राप्ती राजमार्ग अवरुद्ध पारेका छन् । आफन्तले राप्ती राजमार्ग अन्तर्गत रुकुम पश्चिमको सिम्रुतुमा सवारी आवतजावत बन्द गराएका हुन् । जसका कारण राप्ती राजमार्ग हुँदै जिल्ला बाहिर जाने र जिल्ला भित्रिने सवारी साधन सिम्रुतुमै रोकिएका छन् ।

प्रकाशित मिति : २०८१ बैशाख १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस