२०८१ जेष्ठ ५ गते शनिवार

ग्वारखोला पुलमा मोटरसाइकल दुर्घटना, तीन जना गम्भीर घाइते

तुलसीपुर, ११ बैशाख । तुलसीपुर–घोराही सडकखण्डको ग्वारखोला पुल नजिकै मोटरसाईकल दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । घाइते भएका तीनै जनाको उद्वार गरी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको छ ।

घाइते हुनेहरुमा तुलसीपुर – ४ तल्लो हलवार बस्ने मोटरसाइकल चालक सुनिल चौधरी, विशाल चौधरी र गणेश चौधरी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

सोमबार गएराति करिब साढे १० बजेतिर तुलसीपुरदेखि घोराहीतर्फ जाँदै गरेको ३ जना सवार मोटरसाइकल अनियन्त्रित भई पल्टिएको हुनसक्ने प्रहरीको भनाई छ । घाईतेहरुको अवस्था गम्भीर रहेको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

घाईते अवस्थामा छटपटाई रहेका ३ जनालाई तुलसीपुर – ७ निवासी दुर्गा भण्डारी, मोतिराम ओली, ऋषिराज केसी र प्रहरीको सहयोगमा उद्दार गरी अस्पताल पुर्याईएको थियो ।

प्रकाशित मिति : २०८१ बैशाख ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस