अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दाङका तीन सय बढी उजुरी परेका छन् । आयोगमा जिल्लाका गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको बैशाख ९ गतेसम्मका गरी ३ सय ३४ उजुरी रहेको आयोगक बुटवल सम्पर्क कार्यालय नेपालगञ्जका प्रमुख गणेश बहादुर अधिकारीले जानकारी दिनुभयो ।
अख्तियामा दाङका गत आर्थिक वर्षमा जिम्मेवारी सरी आएका १०९ र चालु आर्थिक वर्षका २२५ उजुरी रहेको उहाँले बताउनुभयो । अख्तियारमा उजुरी परेकामध्ये २३० मुद्धा पछ्र्योट भइसकेको प्रमुख अधिकारीले बताउनुभयो । उहाँका अनुसार चालु वर्षको बैशाख ९ गतेसम्म दाङका १०४ उजुरीमात्रै फछ्र्यौट गर्न बाँकी रहेका छन् ।
अख्तियारमा दाङसहित बाँके, बर्दिया र रोल्पाका गरी ९ सय ४ उजुरी रहेका छन् । ति उजुरीमध्ये सबैभन्दा बढी दाङका उजुरी रहेको उहाँले बताउनुभयो । दाङपछि बाँकेका धेरै उजुरी रहेका छन् । बाँकेका ३२३ उजुरी रहेका छन् । यस्तै बर्दियाका १३३ र रोल्पाका ११४ उजुरी रहेको कार्यालयले जनाएको छ ।
अख्तियारमा आउने उजुरीमध्ये अधिकांश स्थानीय सरकार विरुद्धका रहेको प्रमुख अधिकारीले बताउनुभयो । अख्तियारमा तुलसीपुर उपमहानगरपालिकाका २२ वटा उजुरी रहेको र १६ वटा उजुरीको पछ्यौट भइसकेका छन् । तुलसीपुर उपमहानरपालिकाका ६ वटा उजुरी पछ्र्यौट हुन बाँकी रहेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगञ्जको लुम्बिनी प्रदेशका चार जिल्लाका ३६ पालिकामा हेर्ने जिम्मेवारी छ । भ्रष्टाचार नियन्त्रण र शुसासन प्रवद्र्धन सम्बन्धि सोमबार तुलसीपुरमा भएको अन्तरक्रिया कार्यक्रममा सम्पर्क कार्यालय नेपालगञ्ज प्रमुख अधिकारीले अधिकांश सरकारी कार्यालयमा बिचौलियाको प्रभाव हुँदा भ्रष्टाचार बढेको बताउनुभयो । उहाँले सबैभन्दा धेरै यातायात कार्यालयमा बिचौलियाको प्रभाव हुने गरेको दावि गर्नुभयो ।
कार्यालय प्रमुखले बिचौलियालाई ‘नो इन्ट्री’ भन्न नसक्दा भ्रष्टाचार बढेको उहाँको भनाई छ ।
भ्रष्टाचार विकास र समृद्धिको बाधक भएको बताउँदै प्रमुख अधिकारीले भ्रष्टाचार अन्त्यका लागि नागरिकस्तरबाट खबरदारी गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले कतिपय जनप्रतिनिधिले आफैले बनाएको कानुनको जानकार नहुँदा भ्रष्टाचार मौलाएको बताउनुभयो ।
उहाँले भ्रष्टाचार बढेकै कारण युवामा वितृष्णा पैदा भएकोल अधिकांश जनशक्ति विदेश पलायन हुन थालेको बताउनुभयो । उहाँले नीजि फाइदाका लागि सार्वजनिक पदको दुरुपयोग नै भ्रष्टार भएकोले शक्तिको दुरुपयोग गरेर बिना प्रतिष्पर्धा कर्मचारी नियुक्ति गर्नु पनि भ्रष्टाचार रहेको बताउनुभयो ।
यस्तै आयोगका नारायण ढकालले तीन तहको सरकारको समन्वय कमजोर हुँदा बेथिति मौलाएको बताउनुभयो । उहाँले भ्रष्टाचार विभिन्न कारणले हुने गरेको भन्दै बजेटको अबन्डा, खरिद योजना नबनाउने लगायतका कारण पनि भ्रष्टाचार हुने गरेको बताउनुभयो । भत्ताकै लोभमा पनि कार्यक्षेत्र भन्दा बाहिरको कामको अनुगमन गर्ने गरिएको समेत उहाँको भनाई छ ।


