दाङ, ५ बैशाख । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ को प्रशासनिक भवन निर्माणका लागि बुधबारबाट जग खन्न शुरु भएको छ । रामनवमी पर्वको अवसर पारेर वडाको प्रशासनिक भवन निर्माणका लागि जग खन्न शुरु गरिएको हो ।
वडाको प्रशासनिक भवन १० कोठाको निर्माण हुने वडा अध्यक्ष रामबहादुर जिसीले बताउनुभयो । भ्याट बाहेक ५८ लाख लागतमा निर्माण हुन लागेको वडा भवन २०८२ साल माघ १७ गतेभित्र निर्माण सक्ने गरी सम्झौता भएको उहाँले बताउनुभयो । अध्यक्ष जिसीले निर्वाचित भएको करिब दुई वर्षपछि आफ्नै भवन निर्माणको शुरुवात गर्न थालेको बताउनुभयो ।
वडा कार्यालयको सेवा प्रवाह अहिले विद्यालयको भवनबाट संचालन भइरहेको छ । तर उक्त भवन पर्याप्त नहुँदा सेवा प्रवाहमा असहजता भइरहेको छ ।
वडाको नयाँ भवन निर्माण भएपछि सेवाग्राहीलाई सेवा प्रवाहमा सहजता आउने वडा अध्यक्ष जिसीले बताउनुभयो । भवन निर्माणको जिम्मा कणर्ाली इन्फास्टकचर डेभ्लभमेन्ट सर्भिस प्रालिले लिएको छ ।