२०८१ जेष्ठ ८ गते मङ्गलवार

चखौराबाट तुलसीपुरतर्फ आउँदै गरेको अटो भंकेमा पल्टीयो

फाइल तस्बिर

तुलसीपुर, १ बैशाख । तुलसीपुरमा अटो पल्टीदा तीन जना घाईते भएका छन् ।

दुर्घटनामा परी तुलसीपुर-४ घोरनेटीका माया वली, सोहि ठाउँका ४५ वर्षिय दिल कुमारी वली र सोहि ठाउँका १९ वर्षिय सरिता वली घाईते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता तथा प्रहरी निरिक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो ।

घाईते तीन जनामध्ये मायालाई बढी चोट लागेको छ । उहाँलाई ढाड, हात र छात्तिमा चोट लागेकोले अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

चखौराबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ह ५१७७ नम्बरको अटो शनिबार बेलुकातिर तुलसीपुर-८ भंकेस्थित आफै अनियन्त्रित हुँदा दुर्घटना भएको प्रवक्ता मल्लले बताउनुभयो ।

  • फाइल तस्बिर

प्रकाशित मिति : २०८१ बैशाख १ गते शनिवार
प्रतिक्रिया दिनुहोस