
घोराही, २८ चैत्र । गुरुकुल एकेडमी लमही र तुलसीपुरले विषेश छात्रबृति प्रदान गर्ने भएको छ । गुरुकुल एकेडेमी तुलसीपुर र लमहिले अन्य विद्यालयका कक्षामा पहिलो , दोस्रो र तेस्रो स्थान हासिल गरेर कक्षा पास गरी गुरुकुलमा आउने विद्यार्थिहरुको लागि छात्रबृति प्रदान गर्ने गुरुकुल एकेडेमीका अध्यक्ष ईन्जिनियर अनन्तराज घिमिरेले जानकारी दिनुभयो ।
प्रथम स्थान हासिल गरी गुरुकुल एकेडेमीको प्रबेश परीक्षामा नाम निकाल्न सफल विद्यार्थिहरुको भर्ना सहित मासिक शैक्षिक शुल्कमा पुणर् रुपले छात्रबृति हुने छ भने दोस्रो स्थान हासिल गरेको विद्यार्थिहरुको लागि भर्ना र मासिक शैक्षिक शुल्कमा ५० प्रतिशत छुट हुने र तेस्रो स्थान हासिल गरेको विद्यार्थिहरुको लागि भर्ना र मासिक शैक्षिक शुल्कमा २५ प्रतिशत छुट हुने बिद्यालयले बताएको छ ।
छात्रबृति प्राप्त गर्नको लागि गुरुकुल एकेडमी तुलसिपुरको २०८१ बैशाख ३ गते हुने प्रवेश परीक्षा र लमहिको २०८० चैत्र ३० गते हुने प्रवेश परीक्षामा नाम निकाल्न सफल भई २०८१ बैशाख ५ गते भित्र भर्ना गरीसक्नुपर्ने पनि अध्यक्ष ई. घिमिरेले बताउनुभयो ।
२०७२ सालमा घोराहीमा संचालनमा आएको गुरुकुल एकेडेमीले तुलसिपुर र लमहिमा पनि शैक्षिक सत्र २०८१ बाट विद्यालय संचालनमा ल्याउन लागेको हो । विद्यालय संचालनको पहिलो बर्ष गुरुकुल एकेडेमी लमहि र तुलसिपुरले छात्रबृति योजना ल्याएको हो । विद्यालयको सम्पुणर् भौतिक संरचना निर्माण सम्पन्न गरी पठन पाठन संचालन गर्ने तयारी गरेको छ ।