२०८१ मङ्सिर २३ गते आइतवार

देउखुरी बस दुर्घटना अपडेट (घाइतेहरुको नामावलीसहित)


दाङ, २१ चैत । दाङमा दुई वटा बस एक आपसमा ठोक्किदा २४ जना घाईते भएका छन् । घाइते मध्ये दुई जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक तथा डिएसपि जनक बहादुर मल्लले जानकारी दिनुभयो ।

दुर्घटनामा परी रा १ ख २५८१ नम्बरको बस चालक गढवा गाउँपालिका-२ का लक्ष्मण थारु र राप्ती गाउँपालिका वडा नम्बर २ लालमटीयाका ७८ वर्षिय चन्द्र कमला थापा गम्भिर घाइते भएको प्रहरीले जनाएको छ । गम्भिर घाईते दुवै जनालाई लमहीमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ ।

यस्तै रोल्पा थवाङ गाउँपालिका ३ का ३१ वर्षका दिपेन्द्र बुढा मगर, दिपेनद्रका १० महिनाका छोरा सुमन बुढा मगर, कपिलवस्तु बुद्धभुमि नगरपालिका ईमिलियाका ३४ वर्षका टिका विक, उहाँको छोरी ९ वर्षको निर्मला बिक, रुपन्देही सेनामैना नगरपालिका ४ का ५७ वर्षीय तुलबिर बिष्ट, उहाँको नातिनी ७ वर्षीया बिबिशा विष्टलाई थप उपचारको लागि भैरहवा रेफर गरिएको प्रहरीले जनाएको छ ।

यस्तै सामान्य घाइते हुनेमा घोराही उपमहानगरपालिका-१५ का ५० वर्षिय बिनोद पौडेल राप्ती गाउँपालिका-२ का ४७ वर्षका धन स्याम थापा, रुपन्देही देबदह नगरपालिका-४ का ५३ वर्षका रुद्र प्रसाद पौडेल, बुटवल उपमहानगरपालिका ११ का ४२ वर्षका पार्वती अर्याल, कपिलवस्तु बिजय गाँउपालिका १ का ६२ वर्षीय थमन विष्ट, रुपन्देही शुद्धोधन गाँउपालिका ३ का २५ वर्षीया सृष्टि खनाल, सोही ठाँउका ५ वर्षका अन्शु नेपाल, राप्ती गाउँपालिका १ का ८२ वर्षका हुम बहादुर राना, डोल्पा त्रिपुरासुन्दरी नगरपालिका २ का २३ वर्षीया बिश्व कुमारी थापा, लमही नगरपालिका ६ का ४० वर्षीय गोविन्द पाण्डे, बर्दिया भरीगाँउका मनिषा थारुको डेढ वर्षको छोरी गुष्मा थारु रहेका छन् ।

यस्तै पाल्पा तानसेन नगरपालिका १० का ३२ वर्षीया सबिता न्यौपाने, उहाँको छोरी ९ वर्षीया स्वस्तिमा न्यौपाने, प्युठान झिमरुक गाँउपालिका ४ का २८ वर्षीया तुल्सा बुढाथोकी, कपिलबस्तु बिजयनगर गाँउपालिका १ का ८० वर्षीय शैकर बहादुर रोका र राप्ती गाँउपालिका २ का ७० वर्षीया शिवा देवि राउत रहेको प्रहरीले जनाएको छ ।

दुर्घटना परी दुई जना गम्भिर घाईते, ८ जना मध्यम रहेका छन् भने १४ जना सामान्य घाइते भएका छन् । घाइते मध्य ८ जनालाई थप उपचारको लागि भैरहवा रेफर गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक तथा डिएसपि जनक बहादुर मल्लले जानकारी दिनुभयो ।

पूर्व-पश्चिम राजमार्ग अन्तगर्त लमही नगरपालिका वडा नम्बर ३ को बनगाउँमा दुई वटा बस ठोक्किएको हो ।

तुलसीपुरबाट बुटवल जाँदै गरेको रा १ ख २५८१ नम्बरको बस र बुटवलबाट सुर्खेतका लागि छुटेको लु १ ख ७३३६ नम्बर बस बुधबार बिहान पौने १२ बजेतिर एकआपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० चैत्र २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस