दाङ, १९ चैत । गर्मी सुरु भएसँगै सरुवा रोगको जोखिम बढ्ने भएकाले सतर्क रहन डाक्टरले सुझाव दिएका छन् ।
गर्मीयाममा खानेकुरा चाँडै बिग्रने, लामखुट्टे बढ्नेजस्ता धेरै कारणले सरुवा रोगको जोखिम बढ्ने भएकाले अरु समयमाभन्दा बढी ध्यान दिनुपर्ने शुक्रराज ट्रपिकल तथा सुरुवा रोग अस्पताल टेकुका सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले बताउनुभयो ।
यो समयमा टाइफाइट, हैँजा, हेपाटाइटिस जस्ता सरुवा रोगको जोखिम बढ्ने उहाँको भनाइ छ ।
गर्मीयाममा सरसफाईमा विशेष ध्यान दिन, घरबाहिरका खानेकुरा सकेसम्म नखान, खाए पनि स्वस्च्छ र स्वस्थ रहेको एकिन गरेर मात्र खान तथा घर वरपर तथा घरको कौसी र छतमा पानी जम्न नदिन, लामखुट्टे खोजेर नष्ट गर्न स्थानीय बासिन्दा र स्थानीय सरकारले बेलैमा काम थाल्नुपर्ने उहाँको सुझाव छ ।
प्रकाशित मिति : २०८० चैत्र १९ गते सोमवार