२०८१ मङ्सिर २३ गते आइतवार

दाङ भ्याली तुलसीपुरमा ‘ग्राहस्थ विद्युतीकरण तालिम’

दाङ, १८ चैत । दाङ भ्याली माबि तुलसीपुरले विद्यार्थीलाई पठनपाठनसंगै व्यावहारिक सिप सिकाउने गरेको छ । शिक्षालाई सीपसँग जोड्ने उद्देश्य अनुसार विद्यालयले शिक्षण क्रियाकलापसँग जाडेर विविध किसिमका गतिविधि गर्दै आईरहेको विद्यालयले जनाएको छ ।

सोहि अनुरूप गत फागुन २७ गतेदेखि शुरु गरिएको दुई-हप्ते ग्राहस्थ विद्युतीकरण तालिम सकिएको छ । कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीले उक्त निःशुल्क तालिममा सक्रिय सहभागिता जनाएका हुन् ।

विद्यालयले ५५ जनालाई उद्देश्य अनुसारको तालिम दिन सफल भएको विद्यालयका शिला अर्यालले जानकारी दिनुभयो ।

कक्षा- १२ व्यवस्थापनमा अध्ययनरत विद्यार्थी सर्जनविक्रम परियारले यसअघि नै अन्यत्र लामो अवधिको तालिम लिएको प्रमाणपत्र रहेको तर यसरी प्रयोगात्मकरूपमा गर्न नपाएकोले यो दुई हप्ते वायरिङ तालिमले अब भने काम गर्न सक्छु भन्ने आत्मबल बढेको बताउनुभयो ।

प्रशिक्षक प्रेम शर्माले तालिम लिएका विद्यार्थीले व्यावसायिकरुपमा काम गर्न सक्ने बताउनुभयो । ‘ विद्यार्थीले कक्षाकोठामा बिग्रेको विद्युत लाईन बनाउन सक्छन् । ’ उहाँले भन्नुभयो-‘भाईबहिनीले निरन्तरता दिएमा व्यावसायिकरूपमा समेत काम गर्न सक्ने देख्छु ।’

मूलतः पढ्दै कमाउदै कार्यक्रमलाई व्यवहारतः लागू गर्ने उद्देश्यले पढाईका साथ साथै अतिरिक्त क्रियाकलाप अघि बढाईएको कार्यक्रमका प्रमुख सल्लाहकार तिलक शाहुले बताउनुभयो । ‘विद्यार्थी भाईबहिनीको इच्छा क्षमता अनुसार थुप्रै विद्यार्थीलाई स्थानीय बजारका विभिन्न क्षेत्रमा विद्यालयको पहलमा रोजगारसँग जोडिरहेका छौँ ।’ उहाँले भन्नुभयो ।’

प्रकाशित मिति : २०८० चैत्र १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस