२०८१ बैशाख ५ गते बुधवार

गुडिरहेको स्कुटरमाथि रुख ढल्दा एक जनाको मृत्यु

पाल्पा, १८ चैत । पाल्पामा शनिबार गुडिरहेको स्कुटरमाथि रुख ढल्दा एक जनाको मृत्यु भएको छ । अपराह्न हावाहुरीले रुख ढलाउँदा तानसेन नगरपालिका ५ कैलाशनगरका भुवन सिंजालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै हावाहुरी चलेपछि रोकेर राखेको मोटरसाइकल च्याप्दा तीन जना घाइते भएका छन् । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा-डुम्रे सडक जरेपिपल नजिकै उत्तीस र सल्लाको रुख ढलेर लाग्दा स्कुटरमा सवार सिंजालीको मृत्यु भएको हो।

लु ८१प ११३६ नम्बरको स्कुटरमा पाल्पाबाट बुटवलतर्फ जाँदै गर्दा हावाहुरीले ओतिने क्रममा रुख ढलेर च्यापिएको प्रहरीले जनाएको छ । हावाहुरीकै कारण सोही स्थानमै रोकिराखेको ग १०प ५७२१ नम्बरको स्कुटर र अर्को एक मोटरसाइकल पनि च्यापिएको छ ।

पानीसहित आएको हावाहुरीले रुख पल्टाएका कारण केही समय पाल्पा-बुटवल सिद्धार्थ राजमार्ग र बिद्धुत पनि केहिबेर अवरुद्ध भएको थियो । स्कुटर र मोटरसाइकलमा सवार अर्का तीन जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० चैत्र १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस