२०८१ बैशाख १६ गते आइतवार

लुम्बिनी प्रदेशमा नयाँ शैक्षिक सत्रमा पाठ्यपुस्तक अभाव नहुने

दाङ, १६ चैत । आगामी नयाँ शैक्षिक सत्र २०८१ मा लुम्बिनीमा पाठ्यपुस्तक समयमै पुग्ने भएको छ । नयाँ शैक्षिक सत्रको लागि भर्ना हुने विद्यार्थीलाई पाठ्यपुस्तक अभाव नहुने भएको हो ।

लुम्बिनी प्रदेशमा पाठ्यपुस्तक चालु शैक्षिक सत्रको तुलनामा अझै सहज हुने भएको हो । प्रदेशका दुर्गम तीन जिल्लामा पाठ्यपुस्तक पुगिसकेको छ ।

नेपाल सरकारको पूणर् स्वमित्व भएको जनक शिक्षा सामाग्री केन्द्र लुम्बिनी प्रादेशिक कार्यालय बुटवलले आगामी शैक्षिक सत्रमा लुम्बिनी प्रदेशमा पाठ्यपुस्तकको अभाव नहुने जनाएको छ ।

अहिले पाठ्यपुस्तक गोदाममा शतप्रतिशत आइसकेको र पाठ्यपुस्तक वितरकसँग किताबको माग संकलनको काम सकेर वितरण सुरु भैसकेको जनक शिक्षा सामाग्री केन्द्र लुम्बिनी प्रादेशिक कार्यालय बुटवलका कार्यालय प्रमुख विनय श्रेष्ठले बताउनुभयो ।

लुम्बिनी प्रदेशभित्रका दुर्गम जिल्लालाई प्राथमिकताको आधारमा पाठ्यपुस्तक वितरण गरिएको क्रमश, रोल्पा, प्युठान, अर्घाखाँची, पाल्पा गुल्मी जिल्लालाई प्राथमिकताको आधारमा वितरणमा सुरु भएको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

यहि चैत्र १३ गतेबाट पाठ्य पुस्तक वितरणको भैरहेको र तीन जिल्लामा पाठ्य पुस्तक शतप्रतिशत वितरण भैसकेको छ । प्रादेशिक कार्यालय बुटवलले गत बर्षको शैक्षिक सत्रमा झण्डै १३ लाख ८१ हजार सेट पुस्तकवितरण गरी १८ करोड बढीको पुस्तक विक्रि गरेको र यसबर्ष १५लाख ७८ हजार सेट विक्रिगर्ने लक्ष्य रहेको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८० चैत्र १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस