दाङ, १२ चैत । तुलसीपुरमा मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा तीन जना घाइते भएका छन् ।
घाइते हुनेमा मोटरसाइकल चालक तुलसीपुर- ७ ग्वारखोलाका १९ वर्षका मनिष बिक, बाईकमा पछाडी सवार सोही ठाँउका १७ वर्षका सुरज महर र तुलसीपुर ७ पर्सेनीका पसल संचालक लोक प्रसाद हलुवाई रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
मनिषले चलाएको रा २ प ७१७३ नंम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई हलुवाईको पसल भित्र छिरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो ।
बिजौरीबाट तुलसीपुरतर्फ आउदै गरेको रा २ प ७१७३ नम्बरको टु-ट्वान्टी पल्सर मोटरसाइकल सोमबार बिहान ११ बजेको समयमा तुलसीपुर ७ पर्सेनी बजारमा अनियन्त्रित भएर हल्वाईको पसलमा भित्र पुग्दा दुर्घटना भएको हो ।
घाइतेमध्ये मोटरसाइकल चालकको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । घाइते तीनैजनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।