दंगीशरण, ८ चैत ।
दंगीशरणमा अन्तरजातीय विवाह गर्ने ११ जोडिलाई सम्मान गरिएको छ । गाउँपालिकाभित्र दलित र गैर दलितबिच अन्तरजातीय विवाहगर्ने ११ जोडिलाई दोसल्ला तथा प्रमाणपत्र सहित सम्मान गरिएको छ ।
गाउँपालिकाले अन्तर्राष्ट्रि जातीय विभेद उन्मुलन दिवसको अवसरमा सम्मान गरेको हो । ‘आत्म सम्मान समानता र सामाजिक न्याय सहितको समृद्धिका लागी राजनीतिक हक,जातीय छुवाछुत तथा सबै प्रकारका विभेद अन्त्यका लागि दलित अधिकार दशक’ भन्ने मुल नारासहित दंगीशरण गाउँपालिकाको आयोजना तथा दलित महिला संघको सहकार्यमा ५९ औं अन्तराष्ट्रिय विविध कार्यक्रम गरी मनाएको छ ।
त्यस अवसरमा दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले सरकारले छुवाछूत तथा जातीय विभेद अन्त्य गर्न जति कार्यक्रम ल्याएपनि कहिकतै छिटपुट रुपमा छुवाछूत तथा जातीयबिभेद हुने गरेको प्रति दुख ब्यक्त गर्नुभयो ।
आफुहरु निर्वाचित भएर आइसकेपछि भौतीक पुर्वाधारको विकास सङ्गै मानविय विकासलाई जोड दिदै समाजमा हरेक हिसावले पछाडी पारीएका दलित ,जनजाती,अपाङ्गता सिमान्तकृत, बिपन्नको सवालमा आफ्ना कार्यक्रमहरु प्राथमिकताका साथ अगाडी बढाएको उहाँले बताउनुभयो ।
यस्तै कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काले आफु न्यायिक समितिको संयोजक रहदैगर्दा जातिय बिभेदका घटनाहरु आउने गरेको र आफुले दलितका सवालहरुमा न्याय दिदै अगाडी बढेको बताउनुभयो ।
उहाँले पछिल्लो समयमा अझैपनि कतिपय अशिक्षित ब्यक्तीले जातीय बिभेद र छुवाछूत गर्नेगरेको बताउनुभयो । दलित सम्बन्धि जातीय बिभेद र छुवाछूत सम्बन्धि ऐन कानुन बनेतापनि कार्यान्वयनमा कमि भएकोप्रती दुख ब्यक्त गर्नुभयो ।
५९ औं अन्तर्राष्ट्रिय जातीय बिभेद उन्मुलन दिवसको अवसर पारी आयोजना गरेको बक्तीत्वकला प्रतियोगितामा बिरेन्द्र नमुना माध्यमिक विद्यालाय हेकुलीका रन्जित चौधरी प्रथम, बिरेन्द्र माध्यमिक विद्यालय हेकुलीकै क्रान्ति परीयार द्वितिय र सिद्ध पृथ्वी जनता माध्यमिक विद्यालय श्रीगाउँका निरज देवकोटा तृतिय हुनुभएको छ ।