२०८१ माघ ८ गते मङ्गलवार

टिक्ने र बिक्ने जनशक्ति तयार गर्दै मेट्रो कलेज

दाङ, ८ चैत्र । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ रहेको तुलसीपुर मेट्रो कलेजले आयोजना गरेको मेसिन मर्मत तालिम सकिएको छ । कलेजले सञ्चालन गरेको सात दिने फ्रिच, एसी र वासिङ्ग मेसिनमर्मत तालिमको समापन गरिएको हो ।

मेकानिकल इन्जिनियरिङ्ग कार्यक्रममा अध्ययनरत विद्यार्थीका लागि आयोजना गरिएको तालिमले विद्यार्थीहरुलाई आत्मनिर्भर बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ । तालिम समापन कार्यक्रममा बोल्दै कलेज प्रमुख वसन्त आचार्यले विद्यार्थीहरुलाई टिक्ने र बिक्ने बनाउनकालागि तालिमको आयोजना गरिएको बताउनुभयो ।

किताबी ज्ञानले मात्रै प्राविधिक विषय अध्ययनगर्ने विद्यार्थीहरुमा सीप र क्षमताको विकास नहुने भएकाले कलेजले थप सीप विकासका लागि तालिम सञ्चालन गरेको उहाँको भनाई छ । शिक्षालयले विभिन्न कार्यक्रममा अध्ययनरत विद्यार्थीकालागि विभिन्न सीपमुलक तालिम प्रदान गर्दै आइरहेको आचार्यले जानकारी दिनुभयो ।

यस्तै तालिम समापन कार्यक्रममा शिक्षक आयुषा रेग्मी र विद्यार्थी गिरीराज थापाले बोल्नुभएको थियो । तालिममा शिक्षालयमा अध्ययनरत ३० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । बासुदेव न्यौपाने तालिममा सहभागि विद्यार्थीहरुलाई प्रशिक्षण गराउनुभएको हो ।

शिक्षालयका कार्यक्रम संयोजक अपिल आचार्यको अध्यक्षतामा भएको तालिमको समापन भएको हो । सहजिकरण प्रशासकीय सहायक सुधासुमन ढकालले गरर्नुभएको हो ।

प्रकाशित मिति : २०८० चैत्र ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस