दाङ, ७ चैत । दाङमा नागरिकता बनाउनेभन्दा पासपोर्ट बनाउनेको संख्या बढी देखिएको छ । रोजगारी, अध्ययन र भ्रमणका लागि विदेश जाने क्रम बढेपछि पासपोर्ट बनाउनेको संख्या बढ्दै गएको हो ।
जिल्ला प्रशासन कार्यालय दाङका अनुसार गएको फागुन महिनामा दाङबाट १ हजार ६ सय २५ जनाले पासपोर्ट बनाएका छन् भने सोहि अवधिमा १ हजार २ सय २१ जनाले मात्रै नागरिकता बनाएका छन् ।
एक महिनाको अवधिमा नागरिकता भन्दा पासपोर्ट बनाउने ४ सय ४ जना बढी रहेका छन् । फागुन महिनामा जिल्ला प्रशासन कार्यालय घोराहीबाट ६ सय ५० जनाले पासपोर्ट बनाएका छन् ।
यस्तै इलाका प्रशासन कार्यालय तुलसीपुरबाट ५ सय ७७ जनाले पासपोर्ट बनाएका छन् भने इलाका प्रशासन कार्यालय लमहीबाट ३ सय ९८ जनाले पासपोर्ट बनाएका छन् । यस्तै बितेको महिनामा दाङबाट १ हजार ५ सय ६ जनाले पासपोर्टका लागि आवेदन दिएका छन् ।
गत फागुन महिनामा जिल्ला प्रशासन कार्यालय घोराहीबाट ३ सय ७५ जनाले नागरिकता बनाएका छन् । यस्तै इलाका प्रशासन कार्यालय तुलसीपुरबाट ५ सय १८ र इलाका प्रशासन कार्यालय लमहीबाट ३ सय २८ जनाले नागरिकता बनाएको प्रशासकिय अधिकृत निम बहादुर केसीले जानकारी दिनुभयो । गत फागुनमा २४ जना नाबालकको पासपोर्टका लागि आवेदन परेको उहाँले बताउनुभयो ।