२०८१ बैशाख ५ गते बुधवार

टाटा सुमो र मोटरसाइकल ठोकीदा दुई जना घाइते

दाङ, ७ चैत । देउखुरीमा सवारी दुर्घटनामा परि २ जना घाइते भएका छन् । प्युठानदेखि बुटवल जाँदै गरेको रा १ ज ७६० नम्बरको टाटा सुमो र विपरित दिशाबाट आउँदै गरेको ना ५६ प १३८१ नम्बरको मोटरसाइकल बुधबार बिहान एक आपसमा ठोकिदा दुई जना घाईते भएका छन् ।

प्युठान भालुवाङ सडकखण्डको राप्ती गाउँपालिका १ मा पर्ने बगासोतीमा भएको दुर्घटनामा परि मोटरसाइकल चालक सल्यान घर बताउने ४८ वर्षिय खिम बुढा गम्भीर घाइते हुनुभएको छ । उहाँको टाउको र मुखमा चोट लागेको छ ।

घाइते बुढालाई भालुवाङ अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि बुटवल रिफर गरिएको भालुवाङ अस्पतालका डाक्टर सृजल श्रेष्ठले बताउनुभयो ।

मोटरसाइकलको पछाडी बसेका दाङ घर बताउने २४ वर्षिय चितराम चौधरी सामान्य घाइते हुनुभएको छ । उहाँको भालुवाङ अस्पतालमै उपचार पश्चात घर पठाइएको छ । टाटा सुमोमा सवार सवै सकुसल रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० चैत्र ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस