२०८१ माघ २ गते बुधवार

तुलसीपुर आउँदै गरेको जीप दुर्घटनामा परी एक जनाको मृत्यु


दाङ, ५ चैत । दाङमा जीप दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी बबई गाउँपालिका-१ निवासी ४५ वर्षका जीतबहादुर बुढाको मृत्युु भएको हो ।

दुर्घटनामा परी घाईते बुढाको राप्ती प्रादेशिक अस्पतला तुलसीपुरमा उपचारका क्रममा सोमबार बिहान साढे ११ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी जनक बहादुर मल्लले जानकारी दिनुभयो ।

यस्तै दुर्घटनामा गम्भिर घाइते जीप चालक बबई गाउँपालिका १ निवासी ४७ वर्षका लोक बहादुर रानालाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ ।

पश्चिम दाङको गंगटेबाट तुलसीपुरका लागि छुटेको लु १ ज १४२७ नम्बरको जिप भाङाबारी नजिकै उकालोमा टायरमा ओट लगाउने क्रममा ब्याक भएर पल्टिदा ७ जना घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते हुनेमा बबई गाउँपालिका-१ निवासी ५० वर्षका जोग बहादुर बुढा, १७ वर्षकी तारा सारु मगर , ३२ वर्षका संगिता बुढा, ४० वर्षका बन्दना बुढा र सल्यानको शारदा नगरपालिका-९ निवासी ५० वर्षकी नन्दकली थापा रहेका छन् घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०८० चैत्र ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस